काठमाडौं। केही दिन अघि सामाजिक सञ्जालमा भाइरल बनेको मलेसियामा एकजना सेक्युरिटी गार्डमाथि कुटपिट भएको भिडिओमा कुटाइ खाने र कुट्ने दुवैजना व्यक्ति नेपाली भएको खुलेको छ।
मलेसियाको क्वालम्पुरस्थित नेपाली दूतावासले दुवै व्यक्ति नेपाली भएको र दुवै मलेसियामा अवैधरूपमा रहँदै आएको बताएको हो।
“दूतावासले आह्वान गरेअनुसार उक्त घटनाका पीडित र पीडक दुवैजना दूतावासको सम्पर्कमा आउनु भयो। दुवैजना व्यक्तिहरू नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ,” मलेसियास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भिडिओमा कुटाइ खाने व्यक्ति (पीडित) नवलपरासीका ईस्लाम हुसेन र कुट्ने व्यक्ति (पीडक) कपिलवस्तुका राम गोपाल मुराउ रहेको दूतावासले जनाएको छ।
“मलेसियाको अध्यागमन कानूनअनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ,” दूतावासले भनेको छ।
उक्त भिडिओे केही दिन अघि सामाजिक सञ्जालमा भाइरस बनेको थियो। भिडिओबारे जुलाई ३० को मध्यरातमा जानकारी प्राप्त गरेपछि दूतवासले खोजी गरेको थियो।
राजदूतावासले सुरक्षा गार्डसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरूको छाता संगठन पीआईकेएमलाई खबर गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो।
पीआईकेएमले जुलाई ३१ को बिहान प्रहरीमा उजुरी दर्ता गरेको थियो। दूतावासले पनि घटनाका सम्बन्धमा सूचना उपलब्ध गराउन सबैलाई आग्रह गरेको थियो।
त्यसपछि उक्त घटनाका पीडित र पीडक दुवैजना दूतावासको सम्पर्कमा आएका थिए।
पीडित र पीडकका अनुसार भिडिओेमा देखिएको घटना ७ जुलाई २०२० को बिहान करिब १० बजे तिर क्वालालम्पुरमा रहेको एम थ्रि मलमा भएको थियो। उनीहरूमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाइजरको रूपमा कार्यरत रहेका थिए।
दूतावासको सम्पर्कमा आएका दुवैजनाले उक्त भिडिओेमा देखिने पात्र आफूहरू नै रहेको कुरा स्वीकार गरेका छन्।
राम गोपाल मुराउ आज नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन्। यस सम्बन्धमा थप अनुसन्धान क्वालालम्पुरको वाङ्सामाजुस्थित प्रहरी स्टेशनले गरिरहेको दूतावासले जनाएको छ।
" /> काठमाडौं। केही दिन अघि सामाजिक सञ्जालमा भाइरल बनेको मलेसियामा एकजना सेक्युरिटी गार्डमाथि कुटपिट भएको भिडिओमा कुटाइ खाने र कुट्ने दुवैजना व्यक्ति नेपाली भएको खुलेको छ।मलेसियाको क्वालम्पुरस्थित नेपाली दूतावासले दुवै व्यक्ति नेपाली भएको र दुवै मलेसियामा अवैधरूपमा रहँदै आएको बताएको हो।

">