काठमाडौं। अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ।
प्रान्तीय सरकारी अधिकारीहरूका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो।
प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरे। मारिनेहरूमा सुरक्षाकर्मीसमेत रहेका छन्।
प्रान्तीय गभर्नरका प्रवक्ताले उक्त आक्रमणमा कारागारका बन्दी, सुरक्षाकर्मीसमेत २१ जनाको ज्यान गएको बताउनुभएको छ ।
गत शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ। अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरू हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताएका छन्। रासस/एएफपी
" /> काठमाडौं। अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ।प्रान्तीय सरकारी अधिकारीहरूका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो।

">