विराटनगर। मोरङको कटहरी गाउँपालिकामा तीन केजी गाँजासहित दुई युवालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका-१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा को. २५ प ८०७४ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरान-१५ बस्ने ३४ वर्षीय आशिष राई र सँगै सवार धरान-१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो।
प्रहरीले उनीहरूसहित गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूबारे थप अनुसन्धान शुरू गरिएकव जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए। रासस