कोरोना संक्रमित बढेपछि दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरू बन्द
<p>काठमाडौं। दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन्। </p>
<p>कोरोना महामारीको संक्रमण बढ्दो रूपमा देखिएपछि दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो। </p>
<p>शिक्षा मन्त्रालयका अनुसार २७ जुलाईदेखिको विलालय बन्दको निर्णय अगष्ट महीनाको अन्त्यसम्म नै कायम रहने छ। सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिएका हुन्। </p>
<p>दक्षिण अफ्रिकामा आजसम्म ५ लाख ११ हजारभन्दा बढीमा कोभिड-१९ पोजिटिभ देखिएको छ। यहाँ ८ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। <em>रासस/एएनआई</em></p>
प्रतिक्रिया दिनुहोस्
