दमौली। विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि हिजो पक्राउ गरेको हो।
म्याग्दे गाउँपालिका-३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई उनिहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
जिल्ला अदालतको २३ भदौ २०७२ को फैसलाले निजहरुविरुद्ध जनही एक वर्ष कैद र ३०० रूपैयाँ जरिवानाको फैसला गरेको थियो। उनीहरूको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महीना कैद र ३०० जरिवाना तोकिएको थियो।
कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुईजनालाई अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार पठइएको प्रहरीले जनाएको छ।
यसैगरी शुक्लागण्डकी नगरपालिका-७ बस्ने नवीनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएको छ। उनीविरुद्ध जिल्ला अदालतको २१ वैशाख २०६८ को फैसलाले एक महीना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो। उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस
" /> दमौली। विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि हिजो पक्राउ गरेको हो।

">