जापानमा फेरि बल्झियो कोरोनाको कहर, टोकियो सबैभन्दा बढी प्रभावित

काठमाडौं। जापानमा कोरोना सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानमा विगत पाँच दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी छ। यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा केही कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन्।

जापानले सुरूमा कोरोना सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भए पनि दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो।

जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १३ हजार ४५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा सङ्क्रमण बढिरहेको अधिकारीले जनाएका छन्

स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा सङ्क्रमितमध्ये २६ हजार ५६५ जना निको भई घर फर्किएका छन्। त्यस्तै सङ्क्रमणको कारण गम्भीर स्वास्थ्य समस्या भएका विरामीको सङ्ख्या ८३ रहेको बताइएको छ।

जापान सङ्क्रमितको उपचारमा सफल देखिएको तथ्याङ्कले देखाउँछ तर पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको छ। जसले गर्दा बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ।

सरकारले अति आवश्यक बाहेक नागरिकहरूलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्