लमजुङ। पहिराेको उच्च जोखिममा रहेका पहाडी जिल्ला लमजुङका १८ घर स्थानान्तरण गरिएको छ।
पहिराेले घरमाथि तर तलबाट घेरिएको जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका-३ अर्खले गाउँका उक्त घरका स्थानीयवासीलाई सो स्थानको नजिकै विद्यालय तथा सामुदायिक भवनमा सुरक्षितरूपमा आज स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
उनले भने, “केही दिनअघिको अविरल वर्षाले सो बस्तीका घरमाथि पहिरो आएको र बस्ती तलसमेत पहिरो गएको स्थलगत निरीक्षण गर्दा उच्च जोखिममा रहेकाले वस्ती स्थानान्तरण गरेका हौँ ।”
सोही बस्तीमा स्थानीय रहिरहेमा मानवीय क्षतिसमेत हुन सक्ने भएकाले प्रजिअ शर्मा, सो गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा, स्थानीय जनप्रतिनिध लगायतको टोलीले बस्तीको स्थलगत निरीक्षण गरेका थिए। रासस
" /> लमजुङ। पहिराेको उच्च जोखिममा रहेका पहाडी जिल्ला लमजुङका १८ घर स्थानान्तरण गरिएको छ।पहिराेले घरमाथि तर तलबाट घेरिएको जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका-३ अर्खले गाउँका उक्त घरका स्थानीयवासीलाई सो स्थानको नजिकै विद्यालय तथा सामुदायिक भवनमा सुरक्षितरूपमा आज स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

">