कैलाली। शनिबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमध्ये परशुराम नगरपालिका-१ का ल्याब असिस्टेन्ट हरिश जोशीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको बताए।
अर्का बेपत्ता विनयबहादुर सिंहको खोजी जारी रहेकाे उनकाे भनाइ छ।
शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान डडेल्धुराबाट डोटी गएका उनीहरू दर्शनपछि फर्कंदै गर्दा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए।
" /> कैलाली। शनिबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमध्ये परशुराम नगरपालिका-१ का ल्याब असिस्टेन्ट हरिश जोशीको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको बताए।

">