दुई युवक मृत फेला

काठमाडौं। ओखलढु‌ंगाको खिजिदेम्बा गाउँपालिका-९, दोराखर्क बस्ने १८ वर्षीय पेम्बा शेर्पा सोही ठाउँमा रहेको खर्के खोलामा मृत फेला परेका छन्।

शुक्रबार घरमा कसैलाई नभनी हिँडेका उनी आइतबार मृत फेला परेका हुन्।

यसैबीच मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ सागरपथ बस्ने २२ वर्षीय दीपक न्यौपाने पनि मृत फेला परेका छन्।

घरमै रहेको गोबर ग्यासको ट्यांकीमा डुबेको अवस्थामा उनी आइतबार मृत फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।