काठमाडौं। आफूभन्दा वृद्ध मानिसलाई ‘म तिम्रो बुबा हुँ’ भन्दै एक गाउँपालिका अध्यक्ष गालीगलौजमा उत्रेकाे भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।
ती हुन्- बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत। उनले एक वृद्धमाथि गालीगलौज गरेका छन्।
उनले नौराका ७७ वर्षीय पिरु रोकायालाई तथानाम गालीगलौज गरेका हुन्।
निकै आक्रोशमा देखिएका अध्यक्ष कठायतले पिरुलाई भोट नदिएको भन्दै धम्कीसमेत दिए। सामाजिक सञ्जालमा चर्चामा रहेको भिडिओमा उनले गाउँको विकासमा अवरोध सिर्जना गर्ने गरेको भन्दै तथानाम गाली गरेको देखिन्छ।
साउन ११ गते खिचिएको भिडिओ भने अहिले भाइरल भएको हो। नौरामा गाउँका दुई/चारजना वृद्धहरू बसेका थिए।
त्यहीबेला पुगेका अध्यक्ष कठायत उनीमाथि हात हाल्नसमेत जान्छन्। उनको साथमा रहेकाले उनलाई रोकेपछि उनी तथानाम गालीगलौजमा उत्रिएका हुन्।
विकास निर्माणमा अवरोध सिर्जना गर्ने गरेको तथा पटक-पटक आफ्नो चरित्र हत्या गर्दै हिँड्न थालेपछि गाली गरेको अध्यक्ष कठायत बताउँछन्। “नौराको सार्वजनिक जग्गामा खेल मैदान बनाउन लागिएको थियो। तर, पिरुले त्यो सार्वजनिक जग्गा पनि मेरो हो भन्दै अवरोध सिर्जना गर्दै आएका थिए,” अध्यक्ष कठायतले भने, “गाउँमा हुने जुनसुकै विकास निर्माणको काममा पनि अवरोध सिर्जना गर्ने, कामै गर्न दिँदैनन्।”
गाउँमा भइरहेको विकास निर्माणको काम निरीक्षण गरेर फर्किने क्रमममा अध्यक्ष कठायतले पिरुसँग भेट भएको बताए। भेटका क्रममा तथानाम गालीगलौज गर्न थालेपछि आफू पनि आवेशमा आएर गाली गर्न पुगेकाे उनले बताए।
“भिडिओमा मैले बोलेको कुरा मात्र खिचिएको रहेछ। उहाँले मलाई भनेको कुरा पनि नराखेर मेरो बदनाम गर्न खोजिएको छ,” अध्यक्ष कठायतले भने।
ती वृद्धले भने रक्सी खाएर आएपछि आफूमाथि जाइलागेको बताएका छन्। सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियाअनुसार रक्सी खाएर आएका अध्यक्ष कठायत एक्कासि ‘देउपाटोको जग्गा तेरो बाउको हो ?’ भन्दै आक्रमण गर्न पुगेका हुन्।
" /> काठमाडौं। आफूभन्दा वृद्ध मानिसलाई ‘म तिम्रो बुबा हुँ’ भन्दै एक गाउँपालिका अध्यक्ष गालीगलौजमा उत्रेकाे भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।ती हुन्- बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत। उनले एक वृद्धमाथि गालीगलौज गरेका छन्।

">