काठमाडौं। भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन्। यसबारे उनी आफैंले ट्वीटर मार्फत पुष्टि गरेका छन्।
कोरोना संक्रमण देखिएपछि शाह चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएका छन्। उनले केहीदिनदेखि आफ्नो सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गराउन पनि अनुरोध गरेका छन्।
कोरोनाका सुरुआती लक्षण देखिएपछि उनले कोभिड–१९ परीक्षण गराएका थिए। परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको हो।
यसअघि भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानीको कोरोना संक्रमणबाटै निधन भएको थियो। १८ जुलाईमा कोरोना संक्रमण भएकी मन्त्री रानीको आज बिहान निधन भएको थियो। उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन्।
प्रतिदिन ५० हजार भन्दा बढी संक्रमित भइरहेको भारतमा आज मात्र ५४ हजार ७३६ जना कोरोना संक्रमित देखिएका छन्।