दार्चुला। दार्चुलामा पछिल्ला चार वर्षमा २०४ जना महिला तथा बालबालिका हराएका छन्। भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो।

बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किसकेका छन् भने अझै ५२ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला तथा बालबालिका सेलले जनाएको छ। जिल्लाबाट हराउनेमा १२६ जना महिला र ३५ जना बालबालिका रहेको महिला तथा बालबालिका सेवा केन्द्र दार्चुलाले जनाएको छ।

चालू आवको साउन महिनामा मात्रै दुई जना महिला हराएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका सेवा केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ। हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुसी हिँड्ने गरेको प्रहरीको अनुमान छ। परिवारलाई अत्तोपत्तो नदिइ घर, विद्यालय, पसल, घाँस दाउराबाटै हराउँदा परिवारलाई तनाव हुने गरेको छ।

गरिबी, चेतना अभाव, मादक पदार्थ प्रयोग, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलामा भारतसँगको खुला सीमाका कारण पनि भारतमा गएर उतै बेपत्ता हुने अवस्था पनि विद्यमान छ।

अधिकारकर्मी गौरी बडालका अनुसार भारतमा गएर कयौँ महिला तथा बालबालिका उतै मजदूरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेका छन्। “खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन हुँदैन। कोही सम्पर्कमा आए पनि प्रहरीलाई घर फर्किएको जानकारी गराउँदैनन्,” उनको भनाइ छ।

दार्चुलामा भारतसँग लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकाली नगरपालिकाको दत्तु सदरमुकाम खलङ्गा र व्यास गाउँपालिकाको तिगरम र सीतापुलमा वैधानिक नाका छन् भने ट्युब र तुइनमार्फत वारपार गरेर जाने गरेका छन्।

रासस

" /> दार्चुला। दार्चुलामा पछिल्ला चार वर्षमा २०४ जना महिला तथा बालबालिका हराएका छन्। भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो।

बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किसकेका छन् भने अझै ५२ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला तथा बालबालिका सेलले जनाएको छ। जिल्लाबाट हराउनेमा १२६ जना महिला र ३५ जना बालबालिका रहेको महिला तथा बालबालिका सेवा केन्द्र दार्चुलाले जनाएको छ।

चालू आवको साउन महिनामा मात्रै दुई जना महिला हराएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका सेवा केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ। हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुसी हिँड्ने गरेको प्रहरीको अनुमान छ। परिवारलाई अत्तोपत्तो नदिइ घर, विद्यालय, पसल, घाँस दाउराबाटै हराउँदा परिवारलाई तनाव हुने गरेको छ।

गरिबी, चेतना अभाव, मादक पदार्थ प्रयोग, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलामा भारतसँगको खुला सीमाका कारण पनि भारतमा गएर उतै बेपत्ता हुने अवस्था पनि विद्यमान छ।

अधिकारकर्मी गौरी बडालका अनुसार भारतमा गएर कयौँ महिला तथा बालबालिका उतै मजदूरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेका छन्। “खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन हुँदैन। कोही सम्पर्कमा आए पनि प्रहरीलाई घर फर्किएको जानकारी गराउँदैनन्,” उनको भनाइ छ।

दार्चुलामा भारतसँग लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकाली नगरपालिकाको दत्तु सदरमुकाम खलङ्गा र व्यास गाउँपालिकाको तिगरम र सीतापुलमा वैधानिक नाका छन् भने ट्युब र तुइनमार्फत वारपार गरेर जाने गरेका छन्।

रासस

"> दार्चुलामा महिला र बालबालिका हराउने क्रम बढ्दो: Dekhapadhi
दार्चुलामा महिला र बालबालिका हराउने क्रम बढ्दो
दार्चुला। दार्चुलामा पछिल्ला चार वर्षमा २०४ जना महिला तथा बालबालिका हराएका छन्। भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो।

बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किसकेका छन् भने अझै ५२ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला तथा बालबालिका सेलले जनाएको छ। जिल्लाबाट हराउनेमा १२६ जना महिला र ३५ जना बालबालिका रहेको महिला तथा बालबालिका सेवा केन्द्र दार्चुलाले जनाएको छ।

चालू आवको साउन महिनामा मात्रै दुई जना महिला हराएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका सेवा केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ। हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुसी हिँड्ने गरेको प्रहरीको अनुमान छ। परिवारलाई अत्तोपत्तो नदिइ घर, विद्यालय, पसल, घाँस दाउराबाटै हराउँदा परिवारलाई तनाव हुने गरेको छ।

गरिबी, चेतना अभाव, मादक पदार्थ प्रयोग, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलामा भारतसँगको खुला सीमाका कारण पनि भारतमा गएर उतै बेपत्ता हुने अवस्था पनि विद्यमान छ।

अधिकारकर्मी गौरी बडालका अनुसार भारतमा गएर कयौँ महिला तथा बालबालिका उतै मजदूरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेका छन्। “खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन हुँदैन। कोही सम्पर्कमा आए पनि प्रहरीलाई घर फर्किएको जानकारी गराउँदैनन्,” उनको भनाइ छ।

दार्चुलामा भारतसँग लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकाली नगरपालिकाको दत्तु सदरमुकाम खलङ्गा र व्यास गाउँपालिकाको तिगरम र सीतापुलमा वैधानिक नाका छन् भने ट्युब र तुइनमार्फत वारपार गरेर जाने गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्