काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-७ को भगतपुरमा शनिबार राति भएको हत्या घटनाको गहिरो अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नताबारे खुलिनसकेको अवस्थामा भिन्नभिन्न कोणबाट अनुसन्धान गर्नु परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताए।

“घटना रहस्यमयी छ, विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं”, उनले देखापढीसँग भने, “हिजो हामीले राजेश खाती (बेलु र घनश्यामको छोरा) र उनको साथी दिनेश रानालाई नियन्त्रणमा लिएर सोधपुछ गर्‍यौं र छिमेकीहरूसँग पनि सोधपुछ गरिरहेका छौं।”

शनिबार राति ५६ वर्षीया बेलु खातीको नचिनेका मानिसहरूको समूहले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। उनका पति ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका छन्।

उनको नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको छ। घटना खाती दम्पतीकै हत्या गर्ने गरी भएको देखिन्छ।

संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट घटनाबारे विस्तृत अनुसन्धानका लागि विशेषज्ञ कुकुरसहितको टोली घटनास्थलमा शनिबार नै पुगेर अनुसन्धान गरेको छ। चाँडै घटनामा संलग्नको पहिचान गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

अपराध अनुसन्धानमा लामो समय खर्चिएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले दम्पती हत्याको कारण पारिवारिक विवाद, सम्पत्ति लुटपाट, छोराछोरीसँग जोडिएको सवाल, बुबाआमाबाट छोराछोरीको अस्वीकार भएको प्रेम, पुरानो मान्यतासँगै जादू र टुनामुना पनि हुने गरेको बताए।

उनका अनुसार दम्पती हत्या घटनामा परिवार वा आफन्तको संलग्नता बढी र छिमेकी वा अन्यको संलग्नता भने कम हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि घटनामा खाती दम्पतीको परिवारका सदस्य र छिमेकीसँग सोधपुछ गरिसकेको छ। घटनामा संलग्नताबारे केही विवरण खुल्छ कि भनेर सोधपुछ गरिएको डीएसपी थापाको भनाइ छ। तर, हालसम्म घटनामा संलग्नको पहिचान हुन सकेको छैन।

" /> काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-७ को भगतपुरमा शनिबार राति भएको हत्या घटनाको गहिरो अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

"> बेलौरी हत्या घटना : विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी: Dekhapadhi
बेलौरी हत्या घटना : विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी

प्रतिक्रिया दिनुहोस्