१५ साउनभित्रै नतिजा प्रकाशन गर्ने तयारी अनुसार काम गरेको बोर्डले जिल्लाबाट समयमा रिजल्ट नआउँदा नतिजा प्रकाशन ढीलो भएको नियन्त्रक खकुरेलले बताए।
कोरोना महामारीका कारण २०७६ सालको एसईई परीक्षा विद्यालयबाटै आन्तरिक मूल्यांकनमार्फत गर्ने सरकारले निर्णय गरेको थियो। सोही अनुसार बोर्डले नतिजा प्रकाशनको तयारी गरेको हो।
विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजालाई ७७ वटै जिल्लाका इकाइहरूले बोर्डको अनलाइन सर्भरमा राखेका छन्। उक्त नतिजाको सफ्टकपी बोर्डमा पठाइएको थियो।
“बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा नतिजाको सफ्टकपी आउन ढिलाइ भयो। अन्तिममा हामीलाई साउन ९ गते प्राप्त भएको थियो।” उनले भने।
२८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले २०७६ सालको एसईई नगर्ने निर्णय गरेको थियो। गत ६ चैतबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो। यो वर्ष चार लाख ८२ हजार ७०७ विद्यार्थी एसईई परीक्षा दिने तयारीमा थिए।
मंगलबारसम्म नतिजा प्रकाशनको तयारी पूरा हुने र बोर्डको बैठक बसेर प्रकाशित गरिने खकुरेलले जानकारी दिए।
“मंगलबारसम्म हामीले काम सक्छौं। त्यसको जानकारी बोर्डलाई दिएपछि बोर्ड बैठकले निर्णय गर्छ। त्यसपछि मात्रै नजिता प्रकाशित हुन्छ। ढीलोमा बुधबारसम्म नतिजा प्रकाशित हुन्छ।” उनले देखापढीसँग भने।
" /> १५ साउनभित्रै नतिजा प्रकाशन गर्ने तयारी अनुसार काम गरेको बोर्डले जिल्लाबाट समयमा रिजल्ट नआउँदा नतिजा प्रकाशन ढीलो भएको नियन्त्रक खकुरेलले बताए।विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजालाई ७७ वटै जिल्लाका इकाइहरूले बोर्डको अनलाइन सर्भरमा राखेका छन्। उक्त नतिजाको सफ्टकपी बोर्डमा पठाइएको थियो।

">