सिन्धुपाल्चोक। चीनस्थित न्यालम जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम बढेकोले सिन्धुपाल्चोकका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
कुनै पनि बेला ताल फुट्न सक्ने जानकारी प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको हो। ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउनसक्ने भएकाले सचेत रहन भनिएको हो।
तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो। गएराति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुट्ने जोखिम पनि उत्तिकै छ”,उनले भने, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ।”
तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो।
भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ। सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ।
" /> सिन्धुपाल्चोक। चीनस्थित न्यालम जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम बढेकोले सिन्धुपाल्चोकका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
कुनै पनि बेला ताल फुट्न सक्ने जानकारी प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको हो। ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउनसक्ने भएकाले सचेत रहन भनिएको हो।
तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो। गएराति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुट्ने जोखिम पनि उत्तिकै छ”,उनले भने, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ।”
तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो।
भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ। सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ।
"> चीनको केरुङ च्छो ताल फुट्ने जोखिम, भोटेकोशी तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह: Dekhapadhi
चीनको केरुङ च्छो ताल फुट्ने जोखिम, भोटेकोशी तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह
सिन्धुपाल्चोक। चीनस्थित न्यालम जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम बढेकोले सिन्धुपाल्चोकका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो। गएराति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुट्ने जोखिम पनि उत्तिकै छ”,उनले भने, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ।”
तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो।
भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ। सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ।
प्रतिक्रिया दिनुहोस्