मोरङ। प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको आरोपमा विराटनगरमा दुईजनालाई पक्राउ गरिएको छ।
विराटनगर महानगरपालिका-१५ सुडी बस्ती बस्ने २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देवलाई हिजो साँझ पक्राउ गरिएको हो।
उक्त स्थानमा तस्करीका सामान ओसारपसार हुन लागेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रानी तथा जिल्ला प्रहरी कार्यालयको टोली मोरङबाट खटिएका थिए।
प्रहरीले निगरानी गर्ने क्रममा उनीहरू समेतले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला गरेको र भीड जम्मा गरी इलाका प्रहरी कार्यालय रानीको ना. १ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पुर्याएको प्रहरीले बताएको छ।
घटनामा संलग्न उनीहरूलाई त्यसपछि प्रहरीले पक्राउ गरेको हो।
" /> मोरङ। प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको आरोपमा विराटनगरमा दुईजनालाई पक्राउ गरिएको छ।विराटनगर महानगरपालिका-१५ सुडी बस्ती बस्ने २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देवलाई हिजो साँझ पक्राउ गरिएको हो।

">