काठमाडौं। करेन्ट लागेर छुट्टाछुट्टै ठाउँमा तीनजनाको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका-१५ डिगावल बस्ने ४५ वर्षीया सामकुमारी पासीको घरमा टेबुल पंखा चलाउने क्रममा हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। गम्भीर घाइते भएकी पासीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ खैरहवा बस्ने १४ वर्षीया मनिषा चौधरीको बोर्डमा प्लग जोड्ने क्रममा हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। घाईते चौधरीको उपचारको लागि अल्पाईन अस्पताल सिमरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैया बस्ने २२ वर्षीय गोपाल सिजाली मगरको जिराईत डोन्ड्रा खोलामा माछा मार्ने क्रममा हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
करेन्ट लागेर बेहोस भएका मगरको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो।
" /> काठमाडौं। करेन्ट लागेर छुट्टाछुट्टै ठाउँमा तीनजनाको मृत्यु भएको छ।नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका-१५ डिगावल बस्ने ४५ वर्षीया सामकुमारी पासीको घरमा टेबुल पंखा चलाउने क्रममा हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। गम्भीर घाइते भएकी पासीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

">