काठमाडौं। गैरआवासीय नेपाली संघले कोरोना भाइरस संक्रमण दर वृद्धि हुँदै गएकोले प्रवासमा रहेका नेपालीलाई सचेत रहन आग्रह गरेको छ।
संघअन्तर्गतको स्वास्थ्य समितिले एक विज्ञप्ति जारी गर्दै स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि त्यहाँ रहेका नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको हो।
समितिले कोरोना भाइरसको दोस्रो लहर शुरू हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा मानिसहरू भीडभाड हुने ठाउँहरूमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
कोभिड-१९ का कारण विदेशमा मात्र १८९ नेपालीको मृत्यु भएको छ। हिजो साँझसम्म नेपालका ५६ सहित विश्वभर २४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको एनआरएनले जनाएको छ।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघले कोरोना भाइरस संक्रमण दर वृद्धि हुँदै गएकोले प्रवासमा रहेका नेपालीलाई सचेत रहन आग्रह गरेको छ।संघअन्तर्गतको स्वास्थ्य समितिले एक विज्ञप्ति जारी गर्दै स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि त्यहाँ रहेका नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको हो।

">