काठमाडौं। यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरू एकैपटक कोरोना संक्रमित भएका छन्।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो। उनीहरूमध्ये एकजनाको अवस्था गम्भीर छ।
अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।
यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ। शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४९२ जना कोरोनामुक्त भएका छन्। कोरोनो संक्रमणका कारण नेपालमा निधन हुनेहरुको संख्या ५६ जना रहेको छ।
" /> काठमाडौं। यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरू एकैपटक कोरोना संक्रमित भएका छन्।गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो। उनीहरूमध्ये एकजनाको अवस्था गम्भीर छ।

">