कैलाली। टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ। उनी सुत्केरी भएपछि दुई महीना बिदामा बसिन्। तीन महीनादेखि उनले बच्चा लिएर कार्यालयमा हाजिर भइन्। “म कार्यालयको पछाडिपट्टिको बरण्डामा घरबाट ल्याएको खाटमा बच्चा राख्थेँ, खुला ठाउँ गर्मीमा घाम, दिउँदमा सिरेटो, अनि लामखुट्टेले टोक्थे”, उनी सम्झिन्छिन्, “बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो। कहिलेकाहीँ दूध चुसाइरहेको समयमा मानिस आए बच्चालाई पेटभरि दूध खुवाउँदैनथेँ।”
तर, आजभोलि चौधरीलाई ढुक्क छ। बच्चाले घरमाजस्तै श्ययामा सुतेर दूध चुस्न पाएको छ। निदाउँदा झुलुङ्गामा सुत्छ। “बच्चालाई आराम भएको छ। मलाई पनि आनन्द भएको छ”, उनी थप्छिन्, “हरेक कार्यालयमा यस्तो सुविधा होस्, महिला कर्मचारीका समस्याबारे ध्यान दिइयोस्।”
राधामात्र होइन स्तनपानकक्ष स्थापनापछि सेवा लिन आउने महिलालाई राहत भएको छ। कैलालीको टीकापुर नगरपालिका कार्यालयमा स्तनपानकक्ष सञ्चालनमा आएपछि उनीहरूलाई स्तनपान गराउन सहज भएको हो। नगरपालिकाले महिला कर्मचारी र कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीलाई स्तनपानका लागि सहज बनाउन गत असार महीनामा सो कक्षको निर्माण गरेको थियो। स्तनपानकक्षमा शिशुलाई सुताउन मिल्ने श्यया, खेलाउने झुलुङ्गा र केही खेलौना राखिएका छन्।
सरकारले सबै सरकारी कायालयलाई महिलामैत्री बनाउन स्तनपानकक्ष स्थापना गर्न निर्देशन दिएको छ। तर, कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष छैन। अब कार्यालयमा आउने सेवाग्राही महिला पनि बच्चा बोकेर आए अब स्तनपान गराउन सहज वातावरण तयार भएको छ।
“आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुन्छ। आमाको दूध शिशुका लागि अमृत समान हुने भएकाले स्तनपानकक्ष निर्माण गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवाली भन्छिन्, “स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ। बच्चा जन्मिएपछि ६ महीनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ तर काममा हिँड्नुपर्ने, कामकाजी आमाका लागि हरेक कार्यालयमा स्तनपान गराउने वातावरण आवश्यक छ।”
उनले स्नतपानको महत्व बुझाउन नगरपालिकाले स्तनपान सप्ताहसमेत शुरू गरेको छ। “६ महीना पूरा भएपछि आमाको दूधका साथसाथै थप पोषिलो आहार खुवाउन आवश्यक हुन्छ, कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनुपर्छ भनी बस्तीस्तरमा सिकाउन थालेका छौँ”, उनले भनिन्, “अबको एक साता स्तनपानबारे छलफल थालेका छौँ।” -दुर्गा देवकोटा/रासस
" /> कैलाली। टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ। उनी सुत्केरी भएपछि दुई महीना बिदामा बसिन्। तीन महीनादेखि उनले बच्चा लिएर कार्यालयमा हाजिर भइन्। “म कार्यालयको पछाडिपट्टिको बरण्डामा घरबाट ल्याएको खाटमा बच्चा राख्थेँ, खुला ठाउँ गर्मीमा घाम, दिउँदमा सिरेटो, अनि लामखुट्टेले टोक्थे”, उनी सम्झिन्छिन्, “बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो। कहिलेकाहीँ दूध चुसाइरहेको समयमा मानिस आए बच्चालाई पेटभरि दूध खुवाउँदैनथेँ।”तर, आजभोलि चौधरीलाई ढुक्क छ। बच्चाले घरमाजस्तै श्ययामा सुतेर दूध चुस्न पाएको छ। निदाउँदा झुलुङ्गामा सुत्छ। “बच्चालाई आराम भएको छ। मलाई पनि आनन्द भएको छ”, उनी थप्छिन्, “हरेक कार्यालयमा यस्तो सुविधा होस्, महिला कर्मचारीका समस्याबारे ध्यान दिइयोस्।”

">