काठमाडौं। ‘युवा भविष्यका कर्णधार मात्रै होइनन्, वर्तमानका साझेदार पनि हुन्,’ सुन्दा रमाइलो लाग्ने यो नारा नेपाली परिवेशमा लागू भएको खासै पाइँदैन। हुन त, ‘युवा’ शब्द नै नेपालमा विवादित शब्द हो। स्थान र क्षेत्रअनुसार शब्दको अर्थ पनि फरक लाग्छ। यसको ज्वलन्त उदाहरण हो, राजनीतिक र अन्य क्षेत्रमा यही ‘युवा’ भन्ने शब्दले फरक अर्थ बोकेजस्तो देखिनु।
तर पनि युवा भनेको युवा नै हो। जसले एउटा निश्चित उमेर समूहलाई प्रतिनिधित्व गर्छ। युवा तथा खेलकुद मन्त्रालयको मान्यताले १६ वर्ष कटेका र ४० ननाघेकालाई युवाको दर्जामा राखेको छ। राजनीतिमा ६० हाराहारीको उमेर पुगिसकेका पनि युवा नेता भनेर चिनिने गरेको देशमा वास्तविक युवाको संख्या ठूलो छ। त्यसैले नेपाललाई ‘युवा जनसंख्या’को देश भनेर चिनिन्छ।
सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा हाल कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या छ। अर्थात करीब एक करोड सात लाखको संख्यामा युवाहरू यो देशमा छन्। राष्ट्रिय जनसंख्यामा यति ठूलो अनुपात युवाको हुनुले त्यो देशको उत्पादकत्व बलियो हुने मानिन्छ। तर, नेपाली युवाहरू भने काम नपाएर बेरोजगारीको पीडासँग संघर्ष गरिरहेका छन्।
युवा समस्याको सम्बोधन गर्ने उद्देश्यसहित पाँच वर्षअघि सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरेको थियो। युवाका लागि छुट्टै मन्त्रालय स्थापना गरेसँगै नेपाली युवाहरूको प्रतिनिधित्त्व गर्न एउटा नयाँ संस्थाको जन्म भयो– नेपाल युवा परिषद्।
युवा शब्दले नेपालमा बोक्दै आएको फरक अर्थलाई प्रष्ट्याउने अभियानमा के गर्दैछ त युवा परिषद्?
परिषद्का उपसचिव एवं प्रवक्ता ध्रुवराज पौडेल भन्छन्, “श्रम, शिक्षा, उद्योग, स्वास्थ्य, रोजगारलगायत सबै क्षेत्रमा युवा सँगै जोडिएर आउने भएकाले विभिन्न निकायबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमहरूबारे युवालाई जानकारी गराउने काम युवा परिषद्ले गर्दै आएको छ। र, त्यस्ता कार्यक्रममा जोडिनका लागि मार्गनिर्देशन गर्ने र सम्बन्धीत निकायसँग कुरा बुझेर युवालाई अभिप्रेरित गर्ने काम पनि राष्ट्रिय युवा परिषद्को मुख्य लक्ष्य हो।”
भर्खरै, संघीय सरकारले गरेको बजेट भाषणमा ६४ अर्बभन्दा बढी रकमको युवा लक्षित कार्यक्रमहरू विभिन्न मन्त्रालयमार्फत घोषणा भएको छ। तर, युवा तथा खेलकुद मन्त्रालयमा करीब दुई अर्ब मात्रै छ। तथापि युवालक्षित त्यो बजेटमा वास्तविक युवाहरूको पहुँच पुर्‍याउन परिषद्ले सहयोग गर्ने प्रवक्ता पौडेलको भनाइ छ।
“यसरी युवा लक्षित बजेट विभिन्न क्षेत्रमा छरिएर रहेको हुन्छ, र हामी युवालाई कृषि मन्त्रालयमा युवा लक्षित यति बजेट छ, त्यहाँ जानुहोस्। त्यस्तै शिक्षा, श्रमलगायतका मन्त्रालयमा यो कार्यक्रम छ भनेर त्यहाँ जानका लागि अभिप्रेरित र मार्गनिर्देशन गर्ने काम गर्छौं,” उनी भन्छन्, “कोरोना भाइरसका कारण धेरै युवाले रोजगारी गुमाएका छन्, र कोभिडकै कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाहरू छन्। ती युवाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम आएका छन्। तीनै कार्यक्रममा सहभागी हुनका लागि युवाहरूलाई संयोजन गर्ने काम परिषदले गर्नेछ।”
यसैक्रममा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आएको अगस्ट १२ को अवसरलाई भने परिषद्ले युवाहरूमा चेतना फैलाउने अभियानका रूपमा सञ्चालन गर्दै आएको छ। “हामीले पछिल्लो चार वर्षदेखि युवा दिवस मनाउँदै आएका छौं। यसपालि कोरोना भाइरस महामारीका कारण फरक तरिकाले कार्यक्रम गरिँदैछ। तथापि हाम्रो कार्यक्रमको मुल उद्देश्य चाँही युवाहरूको सशक्तिकरण र उनीहरूलाई बढी भन्दा बढी अवसर सिर्जनाको बाटो देखाउँदै कसरी राष्ट्रिय संबृद्धिको राजमार्ग फराकिलो पार्ने भन्ने नै हुनेछ,” प्रवक्ता पौडेलले देखापढीसँग भने।
" /> काठमाडौं। ‘युवा भविष्यका कर्णधार मात्रै होइनन्, वर्तमानका साझेदार पनि हुन्,’ सुन्दा रमाइलो लाग्ने यो नारा नेपाली परिवेशमा लागू भएको खासै पाइँदैन। हुन त, ‘युवा’ शब्द नै नेपालमा विवादित शब्द हो। स्थान र क्षेत्रअनुसार शब्दको अर्थ पनि फरक लाग्छ। यसको ज्वलन्त उदाहरण हो, राजनीतिक र अन्य क्षेत्रमा यही ‘युवा’ भन्ने शब्दले फरक अर्थ बोकेजस्तो देखिनु।
तर पनि युवा भनेको युवा नै हो। जसले एउटा निश्चित उमेर समूहलाई प्रतिनिधित्व गर्छ। युवा तथा खेलकुद मन्त्रालयको मान्यताले १६ वर्ष कटेका र ४० ननाघेकालाई युवाको दर्जामा राखेको छ। राजनीतिमा ६० हाराहारीको उमेर पुगिसकेका पनि युवा नेता भनेर चिनिने गरेको देशमा वास्तविक युवाको संख्या ठूलो छ। त्यसैले नेपाललाई ‘युवा जनसंख्या’को देश भनेर चिनिन्छ।
सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा हाल कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या छ। अर्थात करीब एक करोड सात लाखको संख्यामा युवाहरू यो देशमा छन्। राष्ट्रिय जनसंख्यामा यति ठूलो अनुपात युवाको हुनुले त्यो देशको उत्पादकत्व बलियो हुने मानिन्छ। तर, नेपाली युवाहरू भने काम नपाएर बेरोजगारीको पीडासँग संघर्ष गरिरहेका छन्।
युवा समस्याको सम्बोधन गर्ने उद्देश्यसहित पाँच वर्षअघि सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरेको थियो। युवाका लागि छुट्टै मन्त्रालय स्थापना गरेसँगै नेपाली युवाहरूको प्रतिनिधित्त्व गर्न एउटा नयाँ संस्थाको जन्म भयो– नेपाल युवा परिषद्।
युवा शब्दले नेपालमा बोक्दै आएको फरक अर्थलाई प्रष्ट्याउने अभियानमा के गर्दैछ त युवा परिषद्?
परिषद्का उपसचिव एवं प्रवक्ता ध्रुवराज पौडेल भन्छन्, “श्रम, शिक्षा, उद्योग, स्वास्थ्य, रोजगारलगायत सबै क्षेत्रमा युवा सँगै जोडिएर आउने भएकाले विभिन्न निकायबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमहरूबारे युवालाई जानकारी गराउने काम युवा परिषद्ले गर्दै आएको छ। र, त्यस्ता कार्यक्रममा जोडिनका लागि मार्गनिर्देशन गर्ने र सम्बन्धीत निकायसँग कुरा बुझेर युवालाई अभिप्रेरित गर्ने काम पनि राष्ट्रिय युवा परिषद्को मुख्य लक्ष्य हो।”
भर्खरै, संघीय सरकारले गरेको बजेट भाषणमा ६४ अर्बभन्दा बढी रकमको युवा लक्षित कार्यक्रमहरू विभिन्न मन्त्रालयमार्फत घोषणा भएको छ। तर, युवा तथा खेलकुद मन्त्रालयमा करीब दुई अर्ब मात्रै छ। तथापि युवालक्षित त्यो बजेटमा वास्तविक युवाहरूको पहुँच पुर्‍याउन परिषद्ले सहयोग गर्ने प्रवक्ता पौडेलको भनाइ छ।
“यसरी युवा लक्षित बजेट विभिन्न क्षेत्रमा छरिएर रहेको हुन्छ, र हामी युवालाई कृषि मन्त्रालयमा युवा लक्षित यति बजेट छ, त्यहाँ जानुहोस्। त्यस्तै शिक्षा, श्रमलगायतका मन्त्रालयमा यो कार्यक्रम छ भनेर त्यहाँ जानका लागि अभिप्रेरित र मार्गनिर्देशन गर्ने काम गर्छौं,” उनी भन्छन्, “कोरोना भाइरसका कारण धेरै युवाले रोजगारी गुमाएका छन्, र कोभिडकै कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाहरू छन्। ती युवाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम आएका छन्। तीनै कार्यक्रममा सहभागी हुनका लागि युवाहरूलाई संयोजन गर्ने काम परिषदले गर्नेछ।”
यसैक्रममा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आएको अगस्ट १२ को अवसरलाई भने परिषद्ले युवाहरूमा चेतना फैलाउने अभियानका रूपमा सञ्चालन गर्दै आएको छ। “हामीले पछिल्लो चार वर्षदेखि युवा दिवस मनाउँदै आएका छौं। यसपालि कोरोना भाइरस महामारीका कारण फरक तरिकाले कार्यक्रम गरिँदैछ। तथापि हाम्रो कार्यक्रमको मुल उद्देश्य चाँही युवाहरूको सशक्तिकरण र उनीहरूलाई बढी भन्दा बढी अवसर सिर्जनाको बाटो देखाउँदै कसरी राष्ट्रिय संबृद्धिको राजमार्ग फराकिलो पार्ने भन्ने नै हुनेछ,” प्रवक्ता पौडेलले देखापढीसँग भने।
"> युवाहरूका लागि के गर्दैछ युवा परिषद् ?: Dekhapadhi
युवाहरूका लागि के गर्दैछ युवा परिषद् ?
काठमाडौं। ‘युवा भविष्यका कर्णधार मात्रै होइनन्, वर्तमानका साझेदार पनि हुन्,’ सुन्दा रमाइलो लाग्ने यो नारा नेपाली परिवेशमा लागू भएको खासै पाइँदैन। हुन त, ‘युवा’ शब्द नै नेपालमा विवादित शब्द हो। स्थान र क्षेत्रअनुसार शब्दको अर्थ पनि फरक लाग्छ। यसको ज्वलन्त उदाहरण हो, राजनीतिक र अन्य क्षेत्रमा यही ‘युवा’ भन्ने शब्दले फरक अर्थ बोकेजस्तो देखिनु।
तर पनि युवा भनेको युवा नै हो। जसले एउटा निश्चित उमेर समूहलाई प्रतिनिधित्व गर्छ। युवा तथा खेलकुद मन्त्रालयको मान्यताले १६ वर्ष कटेका र ४० ननाघेकालाई युवाको दर्जामा राखेको छ। राजनीतिमा ६० हाराहारीको उमेर पुगिसकेका पनि युवा नेता भनेर चिनिने गरेको देशमा वास्तविक युवाको संख्या ठूलो छ। त्यसैले नेपाललाई ‘युवा जनसंख्या’को देश भनेर चिनिन्छ।
सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा हाल कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या छ। अर्थात करीब एक करोड सात लाखको संख्यामा युवाहरू यो देशमा छन्। राष्ट्रिय जनसंख्यामा यति ठूलो अनुपात युवाको हुनुले त्यो देशको उत्पादकत्व बलियो हुने मानिन्छ। तर, नेपाली युवाहरू भने काम नपाएर बेरोजगारीको पीडासँग संघर्ष गरिरहेका छन्।
युवा समस्याको सम्बोधन गर्ने उद्देश्यसहित पाँच वर्षअघि सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरेको थियो। युवाका लागि छुट्टै मन्त्रालय स्थापना गरेसँगै नेपाली युवाहरूको प्रतिनिधित्त्व गर्न एउटा नयाँ संस्थाको जन्म भयो– नेपाल युवा परिषद्।
युवा शब्दले नेपालमा बोक्दै आएको फरक अर्थलाई प्रष्ट्याउने अभियानमा के गर्दैछ त युवा परिषद्?
परिषद्का उपसचिव एवं प्रवक्ता ध्रुवराज पौडेल भन्छन्, “श्रम, शिक्षा, उद्योग, स्वास्थ्य, रोजगारलगायत सबै क्षेत्रमा युवा सँगै जोडिएर आउने भएकाले विभिन्न निकायबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमहरूबारे युवालाई जानकारी गराउने काम युवा परिषद्ले गर्दै आएको छ। र, त्यस्ता कार्यक्रममा जोडिनका लागि मार्गनिर्देशन गर्ने र सम्बन्धीत निकायसँग कुरा बुझेर युवालाई अभिप्रेरित गर्ने काम पनि राष्ट्रिय युवा परिषद्को मुख्य लक्ष्य हो।”
“यसरी युवा लक्षित बजेट विभिन्न क्षेत्रमा छरिएर रहेको हुन्छ, र हामी युवालाई कृषि मन्त्रालयमा युवा लक्षित यति बजेट छ, त्यहाँ जानुहोस्। त्यस्तै शिक्षा, श्रमलगायतका मन्त्रालयमा यो कार्यक्रम छ भनेर त्यहाँ जानका लागि अभिप्रेरित र मार्गनिर्देशन गर्ने काम गर्छौं,” उनी भन्छन्, “कोरोना भाइरसका कारण धेरै युवाले रोजगारी गुमाएका छन्, र कोभिडकै कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाहरू छन्। ती युवाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम आएका छन्। तीनै कार्यक्रममा सहभागी हुनका लागि युवाहरूलाई संयोजन गर्ने काम परिषदले गर्नेछ।”
यसैक्रममा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आएको अगस्ट १२ को अवसरलाई भने परिषद्ले युवाहरूमा चेतना फैलाउने अभियानका रूपमा सञ्चालन गर्दै आएको छ। “हामीले पछिल्लो चार वर्षदेखि युवा दिवस मनाउँदै आएका छौं। यसपालि कोरोना भाइरस महामारीका कारण फरक तरिकाले कार्यक्रम गरिँदैछ। तथापि हाम्रो कार्यक्रमको मुल उद्देश्य चाँही युवाहरूको सशक्तिकरण र उनीहरूलाई बढी भन्दा बढी अवसर सिर्जनाको बाटो देखाउँदै कसरी राष्ट्रिय संबृद्धिको राजमार्ग फराकिलो पार्ने भन्ने नै हुनेछ,” प्रवक्ता पौडेलले देखापढीसँग भने।
प्रतिक्रिया दिनुहोस्