सेती नदीले बगाएर एकजना बेपत्ता
<p>तनहुँ। तनहुँको व्यास नगरपालिका-५ स्थित सेती नदीले बगाएर एकजना बेपत्ता भएका छन्। </p>
<p>बेपत्ता हुनेमा व्यास नगरपालिका-१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। </p>
<p>पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। </p>
<p>बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालित छन् । रासस</p>
प्रतिक्रिया दिनुहोस्
