दमौली। लायन्स क्लब इन्टरनेशनल ३२५ बी-१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौं स्वयम्भू टाउनले तनहुँको भानु र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ।
क्लबले भानु-९ सिमलगैह्रा र व्यास-९ माझफाँटका पहिरोपीडितलाई एक लाख १५ हजार नगद र लत्ताकपडासहितका सामग्री सहयोग गरेको हो।
सिमलगैह्राका पहिरोपीडितलाई ४५ हजार र माझफाँटका पहिरोपीडितलाई ७० हजार उपलब्ध गराइएको क्लष्टर १४ का प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए।
उक्त रकम क्लबले भानु-९ का वडाध्यक्ष निलमसञ्जीवा श्रेष्ठ र व्यास-९ का वडाध्यक्ष सुरेश थापालाई हस्तान्तरण गरेको छ। पहिरोले पुरिएर सिमलगैह्रामा एकै परिवारका दुई र माँझफाँटमा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो। माझफाँटमा एकजना पहिरोले पुरिएर अझै बेपत्ता छन् । रासस
" /> दमौली। लायन्स क्लब इन्टरनेशनल ३२५ बी-१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौं स्वयम्भू टाउनले तनहुँको भानु र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ।क्लबले भानु-९ सिमलगैह्रा र व्यास-९ माझफाँटका पहिरोपीडितलाई एक लाख १५ हजार नगद र लत्ताकपडासहितका सामग्री सहयोग गरेको हो।

">