काठमाडौं। अहिले देशभर सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।
नेपालको तराई भू-भाग नजिकै रहेको वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) भने अहिले हटेको छ। तर, मनसुनी वायुको प्रभाव कायमै रहेको कारण वर्षा भने नरोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
ती स्थानहरू आसपास भएर बहने साना तथा ठूला नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
" /> काठमाडौं। अहिले देशभर सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।नेपालको तराई भू-भाग नजिकै रहेको वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) भने अहिले हटेको छ। तर, मनसुनी वायुको प्रभाव कायमै रहेको कारण वर्षा भने नरोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

">