काठमाडाैं। विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन्।
कोभिड-१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरू विभिन्न एअरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत् स्वदेश फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।
यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ।
नेपाल एअरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ।
सोही एअरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ।
थप नेपालीको उद्धार उडानका लागि नेपाल एअरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ।
हिमालय एअरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौं ल्याएको छ।
त्यस्तै इतिहाद एअरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ।
एअर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत् जनाएको छ।
आइतबार पनि विभिन्न एअरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ।
आन्तरिकतर्फ ६ वटा चार्टर्ड उडान भएका छन्। सीता एअरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एअरका हेलिकप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जनाएको छ। रासस
" /> काठमाडाैं। विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन्।कोभिड-१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरू विभिन्न एअरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत् स्वदेश फर्किएका हुन्।

">