काठमाडौं। महोत्तरीको जलेश्वर नगरपालिका-२, जिरोमाइलबाट स्रोत नखुलेको नगद १९ लाख ५० हजारसहित लोहारपट्टि नगरपालिका-१, बगडा बस्ने २४ वर्षीय रविन यादवसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने अर्का भने १८ वर्षमुनिका छन्।
जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।
नगदको स्रोतबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। महोत्तरीको जलेश्वर नगरपालिका-२, जिरोमाइलबाट स्रोत नखुलेको नगद १९ लाख ५० हजारसहित लोहारपट्टि नगरपालिका-१, बगडा बस्ने २४ वर्षीय रविन यादवसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्ने अर्का भने १८ वर्षमुनिका छन्।

">