भरूवा बन्दुकसहित एक युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। पाल्पाको रैनादेविछहरा गाउँपालिका-६, गुहारठाना बस्ने २१ वर्षीय तिलकबहादुर रास्कोटीलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">प्रहरी चौकी बल्डेङगढीबाट खटिएको प्रहरीले उनलाई बाँदर धपाउन भन्दै उक्त बन्दुक लिएर हिँड्दै गरेको अवस्थामा शुक्रबार दिउँसो फेला पारी पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनीविरुद्ध प्रहरीले हातहतियार खरखजाना मुद्दामा अनुसन्धान थालेको छ।</p>