पोखरा । आर्थिक वर्ष २०७५/०७६ मा दुई लाख ९८ हजार ९७५ बाह्य पर्यटकले गण्डकी प्रदेश भ्रमण गरेका छन्।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार एक लाख २० हजार ९३८ भारतीय पर्यटक र अन्य देशका एक लाख ७८ हजार ३७ पर्यटकले गण्डकी प्रदेश भ्रमण गरेका हुन्।

मन्त्रालयको तथ्यांकअनुसार कात्तिक र मंसीर महिनामा पर्यटक बढी आएको देखिन्छ।

कात्तिक २०७५ मा ३८ हजार ५७५ जना बाह्य पर्यटकले गण्डकी प्रदेश अवलोकन गरेका थिए। मंसीरमा ३७ हजार १०९ बाह्य पर्यटकले गण्डकी प्रदेशका विभिन्न पर्यटकीय स्थल अवलोकन गरेको मन्त्रालयका सूचना अधिकारी शिव परियारले जानकारी दिए।

सबैभन्दा कम पर्यटक असार महिनामा आएका थिए। १२ हजार ६ सय दुई जना मात्रै बाह्य पर्यटकले असार महिनामा गण्डकी प्रदेश भ्रमण गरेका थिए।

यस्तै अगस्ट २०१९ मा १५ हजार ८६२ बाह्य पर्यटकले भ्रमण गरेका छन्।

“अबदेखि अंग्रेजी महिनाअनुसार तथ्यांक राख्न शुरु गरेका छौं,” सूचना अधिकारी परियारले भने, “तथ्यांकलाई अझै परिमार्जित गर्दै व्यवस्थित तरिकाले राख्ने तयारीमा छौं।”

गण्डकी प्रदेशको राजधानी पोखरा र वरपरका पर्यटकीय स्थलहरुमा ठूलो संख्यामा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्छन्।

पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० छिमेकी मुलुक भ्रमण वर्ष, सन् २०२१ लाई पूर्वाधार वर्ष र सन् २०२२ लाई गण्डकी भ्रमण वर्षको रुपमा मनाउने भएको छ।

बाह्य तथा आन्तरिक पर्यटकलाई भित्र्याएर पर्यटनलाई प्रदेशको समृद्धिको मूल आधार बनाउने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।

" /> पोखरा । आर्थिक वर्ष २०७५/०७६ मा दुई लाख ९८ हजार ९७५ बाह्य पर्यटकले गण्डकी प्रदेश भ्रमण गरेका छन्।

"> करिब तीन लाखले गरे गण्डकी भ्रमण: Dekhapadhi
करिब तीन लाखले गरे गण्डकी भ्रमण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्