सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन ५० लाख छुट्याइयाे

काठमाडाैं। काठमाडौं उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले ५० लाख छुट्याएको छ।

सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्षरूपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ।

विगत वर्षमा राहत कोषमार्फत् सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि ५० लाख रूपैयाँको वार्षिक बजेटमा नै समावेश गरेको छ।

यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौंमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ।

यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तरसम्मको शिक्षा पूरा गरिदिने कामपाको नीति छ। यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फोहर संकलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फोहर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी छन्।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरूमा दुईजना छन्।

हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न थप समस्या हुने गरेकाे भए पनि अहिले नियमित फोहर व्यवस्थापन भएको दाबी छ। रासस

प्रतिक्रिया दिनुहोस्