पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
<p>तनहुँ। पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।</p>
<p>आबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो। </p>
<p>पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।</p>
<p>राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ।<em> रासस </em></p>
प्रतिक्रिया दिनुहोस्
