भारतमा मदिरा पसल बन्द भएपछि स्यानिटाइजर पिउँदा दश जनाको मृत्यु

बीबीसी। भारतको आन्द्र प्रदेशमा सरकारले मदिरा पसल बन्द गरेपछि स्यानिटाइजर पिएर कम्तिमा दश जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएको आन्द्र प्रदेशको कुरिचेदुका ती व्यक्तिहरूले स्यानिटाइजर पिएका थिए।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सिद्धार्थ कौशलले दिएको जानकारीअुसार उनीहरूले पानी र ‘सफ्ट ड्रिङ्क’मा मिसाएर स्यानिटाइजर पिएका थिए।

“उनीहरू मदिरामै निर्भर रहेको र मृत्यु हुनुभन्दा दश दिन अगाडिदेखि स्यानिटाइजर पिउँदै आएका थिए,” प्रहरी प्रमुख कौशलले भने, “यस्ता अन्य केसहरू बारे छानबिन गरिरहेका छौं।”

उनीहरूले पिएको स्यानिटाइजरको स्याम्पल परीक्षणका लागि पठाइएको पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्