काठमाडौं। अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । घटनामा ७० जना घाइते पनि भएका छन्। तर घाइतेहरूको परिचय सार्वजनिक गरिएको छैन।
त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाइँ शान्त भएको अफगान अधिकारीको भनाइ छ। “अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए।
घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर छ र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन। श्रोतका अनुसार अहिले उनीहरुले भिडन्त स्थगन गरे पनि कुनै पनि बेला फेरि आक्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ।
दुवै तर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरीपरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि श्रोतले जनाएको छ ।
" /> काठमाडौं। अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । घटनामा ७० जना घाइते पनि भएका छन्। तर घाइतेहरूको परिचय सार्वजनिक गरिएको छैन।त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाइँ शान्त भएको अफगान अधिकारीको भनाइ छ। “अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए।

">