काठमाडौं। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, लच्काबाट बिहीबार राति नियन्त्रित लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश नेपाल रहेको र उनको साथबाट १९३ एम्पुल डाइजेपाम, १८५ एम्पुल फेनारागन र २०३ एम्पुल नुर्फिन बरामद गरिएको प्रहरीले बताएको छ।
वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको पिकअप इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालकको सिटमुनि लुकाइछिपाइ ल्याउँदै गरेको उक्त लागुऔषध फेला पारेको थियो।
सोही पिकअपमा सवार नेपाललाई पक्राउ गरिएको र पिकअप चालक फरार रहेकोले जानकारी दिएको छ। फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै महोत्तरी, जलेश्वर नगरपालिका–३ छ्ड्की बाँधबाट नियन्त्रित लागुऔषध २० थान एक्सीप्लोन कपसिरफसहित भारत बिहारका २५ वर्षीय कृष्णा दासलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले शुक्रबार बिहान भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, लच्काबाट बिहीबार राति नियन्त्रित लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश नेपाल रहेको र उनको साथबाट १९३ एम्पुल डाइजेपाम, १८५ एम्पुल फेनारागन र २०३ एम्पुल नुर्फिन बरामद गरिएको प्रहरीले बताएको छ।

">