काठमाडौं। कुवेत, साउदी र इराकमा राम्रो रोजगारीको मिलाई दिने प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका-१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाहलाई पक्राउ गरेको हो।
उनीहरूले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगञ्ज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याएका थिए।
त्यहाँ लगेर एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएकोमा उक्त ब्यूरो र शान्ति पुनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरूको उद्धार गरिएको थियो।
उद्धार गरिएका ती महिलाहरूलाई असार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको ब्यूरोले जनाएको छ।
साथै उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
" /> काठमाडौं। कुवेत, साउदी र इराकमा राम्रो रोजगारीको मिलाई दिने प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका-१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाहलाई पक्राउ गरेको हो।

">