काठमाडौं। नेपाली सेनाको ‘सैनिक कल्याणकारी कोष’को कूल सम्पत्ति ५१ अर्ब ६१ करोड चार लाख रूपैयाँ पुगेको छ।
“विभिन्न निकायहरूमा २०७७ असारसम्म गरिएको लगानी पाँच अर्ब ७४ करोड २४ लाख रूपैयाँ (लेखापरीक्षण अगावै) लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड चार लाख रूपैयाँ पुग्न गएको छ,” नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
सेनाका अनुसार कोषमा २०७६ असार मसान्तमा नगद ३८ अर्ब ५७ करोड ६१ लाख रूपैयाँ रहेको थियो। गत आर्थिक वर्ष २०७६/७७ मा कोषमा १८.९० प्रतिशत रकम वृद्धि भएको थियो।
कोषमा अहिले नगद ४५ अर्ब ८६ करोड ८० लाख रूपैयाँ रहेको सेनाले जनाएको छ।
गत आर्थिक वर्ष कोषमा ७ अर्ब २९ करोड १९ लाख रूपैयाँ अभिवृद्धि भई ४५ अर्ब ८६ करोड ८० लाख रूपैयाँ पुगेको हो। यसमा लगानी गरेको रकम समेत जोड्दा ५१ अर्ब ६१ करोड चार लाख रूपैयाँ पुगेको छ।
“आर्थिक वर्ष २०७६/७७ मा मुलुकको अर्थतन्त्रलाई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को कारणले नकारात्मक असर पारेता पनि सैनिक कल्याणकारी कोषको समग्र आर्थिक गतिविधिहरू उल्लेख्यरूपमा सन्तोषजनक रहेको छ,” विज्ञप्तिमा भनिएको छ।
विगतका वर्षहरूमा सैनिक कल्याणकारी कोषको करिब ८५ करोड रूपैयाँ जोखिममा रहेको थियो। प्रभावकारी व्यवस्थापन नीति अबलम्वन गरिएको कारण अहिले जोखिममा रहेको रकम पाँच करोड दुई लाख ६६ हजार रूपैयाँमा झरेको सेनाले जनाएको छ।
नेपाली सेना शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भए बापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रूपैयाँबाट २०३२ सालमा ‘सैनिक कल्याणकारी कोष’ को स्थापना गरिएको थियो।
कोषबाट नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरूलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास तथा बिमाजस्ता कल्याणकारी कार्यहरू सञ्चालन हुँदै आइरहेका छन्।
" /> काठमाडौं। नेपाली सेनाको ‘सैनिक कल्याणकारी कोष’को कूल सम्पत्ति ५१ अर्ब ६१ करोड चार लाख रूपैयाँ पुगेको छ।“विभिन्न निकायहरूमा २०७७ असारसम्म गरिएको लगानी पाँच अर्ब ७४ करोड २४ लाख रूपैयाँ (लेखापरीक्षण अगावै) लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड चार लाख रूपैयाँ पुग्न गएको छ,” नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

">