कैलाली। रोटरी क्लब अफ धनगढीले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
क्लबले आज भजनी क्षेत्रका बाढीपीडितका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् खाद्यान्न सामग्री हस्तान्तरण गरेको क्लबका निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरले बताए।
उनले एक हजार प्याकेट टाइचिन चिउरा, १७ पेटी चाउचाउ, १० पेटी बिस्कुट र दुई हजार बोतल मिनिरल वाटर प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई हस्तान्तरण गरेको बताए।
राहत सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी बोहराले क्लबले गरेको सहयोगप्रति धन्यवाद दिए।
उनले सम्भव भए आजै नभए भोलि बिहानै बाढीपीडित क्षेत्रमा उक्त सामग्री पठाइने बताए।
प्रमुख जिल्ला अधिकारी बोहराले अन्य संघसंस्थाहरूलाई समेत विपद्मा परेकाहरूलाई सहयोग गर्न अपिल गरे।
" /> कैलाली। रोटरी क्लब अफ धनगढीले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।क्लबले आज भजनी क्षेत्रका बाढीपीडितका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् खाद्यान्न सामग्री हस्तान्तरण गरेको क्लबका निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरले बताए।

">