काठमाडौं। चितवन, सर्लाही र मोरङका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
चितवनको राप्ती नगरपालिका-५ भण्डारा चोकस्थित सडकमा बा. ३ ख १५४७ नम्बरको बसले प्रदेश ३-०३-००१ प ६३२५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिंदा स्कुटरमा सवार ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुन थापाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, कबिलासी नगरपालिका-७ सिरसिया र गैरको विचमा गैरबाट मलंगवातर्फ जाँदै गरेको प्रदेश २-००-३०० प ८५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय सिया शरण पासवानको बिहीबार मृत्यु भएको छ।
त्यस्तै मोरङ, बुढीगंगा गाउँपालिका-२ स्थित सडकमा बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख ६९५२ नम्बरको बस अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा पहिचान नखुलेका बसका चालकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
" /> काठमाडौं। चितवन, सर्लाही र मोरङका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।चितवनको राप्ती नगरपालिका-५ भण्डारा चोकस्थित सडकमा बा. ३ ख १५४७ नम्बरको बसले प्रदेश ३-०३-००१ प ६३२५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिंदा स्कुटरमा सवार ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुन थापाको मृत्यु भएको छ।

">