पेप्सीकोलाबाट गाँजासहित दुईजना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट ३ केजी ३०० ग्राम अवैध लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">धादिङ गजुरी घर भई काठमाडौं पेप्सीकोला बस्ने ३४ वर्षीय निरज तामाङसमेत २ जना पक्राउ परेका हुन्। </p>
<p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
