धनुषा। उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ। यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो।
न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ।
उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ। यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। रासस
" /> धनुषा। उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ। यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो।

">