वासिङटन। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन्।
पूर्वराष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाइ राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेका हुन्।
यसरी शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई दमन गरेको, अश्रु ग्याँस प्रयोग गरेको र प्रहरीले कुटपिट गरेको भन्दै त्यसको विरोध गरेका हुन्।
उनलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरुमाथि सरकारले गरेको दमन त सबैले देखेकै छौं र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन।
सरकारले नागरिकमाथि अनावश्यक डर र त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्रसित बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताएका छन्।
अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका डर र त्रास देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्वराष्ट्रपति ओबामाले लगाएका छन्।
केही सयमअघि एक जना काला जातिका अमेरिकी नागरिकको प्रहरीको कारबाहीमा परी ज्यान गएपछि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो। रासस/एएनआई
" /> वासिङटन। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन्।पूर्वराष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाइ राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेका हुन्।

">