काठमाडौं। जापानमा लगातार तेस्रो दिन कोरोना भाइरसको संक्रमण दर उच्च बनेको छ।
जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार एक हजार ३०५ नयाँ संक्रमित पुष्टि भएको जनाएको छ, जुन कोरोना महामारी सुरू भएयता एकैदिन संक्रमण भएको सबैभन्दा बढी हो।
त्यहाँ बिहीबार कोरोनाका कारण दुई जनाको मृत्युसमेत भएको छ।
जापानमा कूल संक्रमितकाे संख्या ३३ हजार ४९ पुगेकाे छ।
शुक्रबार बिहान मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिदे सुगाले कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भए पनि तत्काल स्वास्थ्य संकटकाल लागू गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।
सरकार कोरोना भाइरसको संक्रमण बढ्न नदिन थप सुरक्षा सावधानी अपनाउँदै आर्थिक गतिविधिलाई निरन्तरता दिने रणनीतिका साथ अगाडि बढ्ने उनले बताए।
राजधानी टोकियोमा बिहीबार ३६७ नयाँ संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य प्रशासनले अधिकांश नयाँ संक्रमित बार र रेस्टुरेन्टमा भेला भएका युवाहरू रहेको जनाएको छ। टोकियोका गभर्नर युरिको कोइकेले रेस्टुरेन्ट र बारका सञ्चालकहरूलाई खुल्ने समयावधि घटाउन आग्रह गरेका छन्।
दक्षिणी शहर फुकुओकामा बिहीबार १२१ र ओसाकामा १९० नयाँ संक्रमित भेटिएका थिए। सीएनएन
" /> काठमाडौं। जापानमा लगातार तेस्रो दिन कोरोना भाइरसको संक्रमण दर उच्च बनेको छ।जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार एक हजार ३०५ नयाँ संक्रमित पुष्टि भएको जनाएको छ, जुन कोरोना महामारी सुरू भएयता एकैदिन संक्रमण भएको सबैभन्दा बढी हो।

">