किमाथांका। संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। भोटखोला-२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले बताए।
टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ। उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको मोक्तानले बताए। अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन छैन।
लामो समयसम्म सेवा नियमित गर्न सम्बन्धित निकायले चासो नदेखाएको भोटखोला-२ च्याम्ताङका आङजुङ भोटेले बताए। भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ ।
मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन्। जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्ज नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ। रासस
" /> किमाथांका। संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। भोटखोला-२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले बताए।टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ। उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको मोक्तानले बताए। अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन छैन।

">