काठमाडौं। ताइवानको ‘प्रजातन्त्रका पिता’का रूपमा परिचित पूर्वराष्ट्रपति ली तेङ-हुईको ९७ वर्षको उमेरमा निधन भएको छ।
विगत ६ महिनादेखि अस्पतालमा उपचाररत उनको बिहीबार ताइपेईमा निधन भएको हो। शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको जनाइएको छ।
लीले ताइवानमा निरंकुश शासन अन्त्य गरी बहुलवाद र लोकतन्त्र स्थापना गर्न मुख्य व्यक्तिको श्रेय पाएका थिए। यद्यपि, उनको व्यक्तित्व विवादास्पद् पनि थियो।
उनले १९८८ देखि २००० सम्म गणतन्त्र चीन, ताइवानको राष्ट्रपतिको कार्यभाार सम्हालेका थिए।
उक्त टापुलाई चीनबाट अलग्याउने प्रयास गरेपछि बेइजिङसँग उनको सम्बन्ध चिसिएको थियो।
सन् १९८८ मा पूर्वराष्ट्रपति चियाङ चिङ-कुओको मृत्युपछि ली राष्ट्रपति बनेका थिए। १९६६ मा पहिलोपटक भएको लोकतान्त्रिक निर्वाचनमार्फत ऐतिहासिक जित हात पार्दै उनले दोस्रो कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। एजेन्सी
" /> काठमाडौं। ताइवानको ‘प्रजातन्त्रका पिता’का रूपमा परिचित पूर्वराष्ट्रपति ली तेङ-हुईको ९७ वर्षको उमेरमा निधन भएको छ।विगत ६ महिनादेखि अस्पतालमा उपचाररत उनको बिहीबार ताइपेईमा निधन भएको हो। शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको जनाइएको छ।

">