दमौली। पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका-८ भैसिकिलेका ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ।
गत २९ असारमा पहिरोले घर पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो।
हाल बसिरहेको भन्दा केही माथि बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले ६ आना जग्गा खरिद गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए।
“पहिरोको जोखिम नरहेको ठाउँमा जग्गा खरिद गरी परिवारलाई स्थानान्तरण गर्न लागेका छौँ”, उनले भने । जग्गा गाउँपालिकाले खरिद गरिदिए पनि घर भने सम्बन्धित व्यक्तिले नै बनाउनुपर्नेछ।
“विस्थापित परिवारलाई सरकारले घर बनाउन केही रकम दिने कुरा छ, गाउँपालिकाले पनि के गर्न सक्छ त्यसमा छलफल गछौ”, दरैले भने।
पहिरोले घर पुरिएर आम्बबहादुर थापाका छोराबुहारी र एक नातिनीसमेत गरी पाँचजनाले ज्यान गुमाएका थिए । घटनापछि थापाका परिवार सोही ठाउँमै रहेको छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । रासस
" /> दमौली। पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका-८ भैसिकिलेका ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ।गत २९ असारमा पहिरोले घर पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो।

">