अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह

काठमाडाैं

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएको छ। यस्तो महामारीको अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राखेका छन्।

“जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्‍विटमार्फत आग्रह गरे।

ट्रम्पको विटमामा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ। यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ।”

रासस

प्रतिक्रिया दिनुहोस्