बाढीमा बेपत्ता बालकको शव भेटियो
<p>कैलाली। अविरल वर्षापछि आएको बाढीसँगै नदीमा बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परेको छ।</p>
<p>बिहीबार बेपत्ता भएका चौधरीको शव आज साँझ ६ बजेतिर फेला परेको भवानीदल गण तेघरीका गणपति प्रमुख सेनानी बिकास केसीले बताए। </p>
<p>बेपत्ता अन्य दुईजनाको खोजी भइरहेको छ। भजनी नगरपालिका-८ का ३३ वर्षीय चक्रबहादुर बिक र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
