असईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता
<p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी गौरीशंकर सर्लाहीका प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।</p>
<p>यादवले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।</p>
<p>यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।</p>
<p>निगरानीका क्रममा अख्तियारले यादवलाई केही दिन अघि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
