नवनियुक्त एआइजीद्वयलाई गृहमन्त्रीको निर्देशन- ‘टिम वर्क’ मा विशेष ध्यान दिनुहोस्

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू निरजबहादुर शाही र प्रधुम्नकुमार कार्कीलाई ‘टिम वर्क’ मा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

कार्यकक्षमै बिहीबार दिउँसो बोलाएर मन्त्री थापाले प्रहरी संगठनमा ‘टिम वर्क’ को आवश्यकता हुने भन्दै त्यसतर्फ ध्यान दिन एआइजीद्वयलाई निर्देशन दिएका हुन्।

"राष्ट्रले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी दिइएको छ, आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक, दृढतापूर्वक र सृजनात्मक ढंगले निर्वाह गर्नुहोला”, मन्त्री थापाले भने, “शान्ति, सुरक्षा, अमनचयन कायम गर्न तपाईंहरूको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।”

उनले संघीय संरचनाअनुसार प्रहरी समायोजन चाँडै हुने बताए। त्यसका लागि सातै प्रदेशको आन्तरिक मामिलामन्त्रीहरूसँगै बैठक बसेर समायोजनको विषयमा मोटामोटी सबै विषय टुङ्गो लागेको पनि बताएका छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाही र कार्कीलाई एआइजीमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्