ब्राउन सुगरसहित लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
<p>काठमाडौं। जिल्ला अदालत बाँकेले लागुऔषध गाँजा र चरेस ओसारपसार सम्बन्धी मुद्दामा दोषी ठहर गरेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>नेपालगञ्ज उपमहानगरपालिका-१७ नदैगाउँ बस्ने ४१ वर्षीय अब्बर अली दर्जीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनको साथबाट एक ग्राम ६६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर पनि बरामद गरेको जनाएको छ।</p>
<p>पक्राउ परेका दर्जीलाई २०६९ जेठ ९ गते जिल्ला अदालत बाँकेले लागुऔषध गाँजा र चरेस ओसारपसार सम्बन्धी मुद्दामा पाँच हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।</p>
<p>उनलाई प्रहरीले बिहीबार नै अदालतमा पेश गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
