बरामद गरिएका लागुऔषध यसरी नष्ट गरिन्छ
काठमाडौं। बरामद गरिएको काठलाई त लिलामी गरिन्छ। तर, बरामद गरिएका लागुऔषधलाई चाहिँ के गरिन्छ होला? कौतुहल्ता हुन सक्छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बरामद गरिएका लागुऔषधलाई कानूनी प्रक्रिया पूरा गरेर जलाउने गरेको छ। जलाउन नमिल्ने अवस्थामा खोलामा बाढी आएको भए केही लागुऔषधलाई बगाइ दिने पनि गरेको ब्यूरोले जनाएको छ।
केहीलाई भने खाडल खनेर गाड्ने पनि गरिन्छ। लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक प्रवीन धिताल अदालतमा मुद्दा चलाएको १५ दिनभित्रमा कुनै न कुनै ढङ्गले नष्ट गरिसक्नुपर्ने बताउँछन्।
जलाउने, गाड्ने वा खोलामा बगाउने गरिएपछि भने मुचुल्का तयार गर्ने गरिन्छ। तर, लागुऔषधको प्रकार हेरी जलाउने, गाड्ने वा खोलामा बगाउने गरिने एसपी धितालले बताए।
“कुन प्रकारको लागुऔषधलाई के गर्ने भन्ने हुन्छ, ब्राउनसगुर जलाउँछौं, होइन भने खोलामा बाढी आउँदा बगाइ दिन्छौं”, उनले भने, “बोटलहरूको सिसीलाई फुटाएर गाड्छौं।”
लागुऔषध जसरी मदिरा पनि नष्ट नै गरिन्छ। तर, त्यसबाहेकका अन्य वस्तुहरूको भने सम्बन्धीत सरकारी निकायले लिलामी गर्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस्